बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

विवेकशील साझा पार्टी कार्यालयमा तनाव, कार्यालय नै बन्द गरियो

मंगलबार, चैत्र १५ २०७८

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र विरोधी पक्षले पार्टी केन्द्रीय कार्यालयमै पत्रकार सम्मेलन गर्न खोजेपछि तनावको स्थिति सिर्जना भएको छ ।

असन्तुष्ट पक्षले सोमबार बैठक गरेर अध्यक्ष मिश्रलाई किन कारबाही नगर्ने भनेर तीनदिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । 

त्यसबारे जानकारी दिन पार्टी केन्द्रीय कार्यालय बखुण्डोलमा आज ११ बजे पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

मिश्रले एकपक्षीयरूपमा पार्टीलाई अघि बढाउन खोजेको बताउँदै असन्तुष्ट समूहले पछिल्ला दिन समानान्तर भेलालाई तीव्रता दिएको छ। यो क्रममा आफ्नो पक्षमा बहुमत रहेको असन्तुष्ट समूहको दाबी छ।

यही दाबीका बीच पार्टी कार्यालयको पत्रकार सम्मेलन हलमा असन्तुष्ट समूहलाई प्रवेश नदिइएपछि तनाव भएको हो ।

 दुई समूहबीच विवाद बढेपछि पार्टी कार्यालय नै बन्द गरिएको छ।  

झडपको स्थिति सृजना भएपछि कार्यालयमा क्षति हुन नदिन केन्द्रीय कार्यालय व्यवस्थापन विभागले सूचना निकालेर तत्काललाई कार्यालय बन्द गरेको हो।

अहिले पार्टी कार्यालय परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी  परिचालन गरिएको छ।