बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

धनुषामा दुर्घटना, एउटै मोटरसाइकलमा सवार ४ बालकको मृत्यु

मंगलबार, चैत्र १५ २०७८

धनुषा l धनुषाको सबैला नगरपालिका-१२ रघुनाथपुरको नहरचौक-बरकुर्वा सडक खण्डमा भएको दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा मृत्यु हुनेहरू चारैजना बालकहरू रहेका छन्।

मृत्यु हुने चारैजना सबैला-२ बस्ने बालक रहेका छन्। मृत्यु हुनेमा वर्ष १२ का लक्ष्मी यादव, मोटरसाइकल चालक वर्ष १५ का राहुल यादव, वर्ष १४ का सुमित यादव र वर्ष १२ का बौका यादव छन्। दुर्घटनामा सोही वडाका वर्ष १९ का सुरेन्द्र यादव सिकिस्त छन्।

सबैलास्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजकुमार लुइँटेलले दुर्घटना भएको र ५ जनालाई चिन्ताजनक अवस्थामा उपचारका लागि प्रादेशिक अस्पताल पठाइएको बताए। प्रहरिका अनुसार घटनास्थलमा ज ६ प ६७३९ नम्बरको मोटरसाइकल भेटिएको छ।

‘एउटा मोटरसाइकलसहित पाँचजना गम्भीर घाइते अवस्थामा हामी भेट्यौं,’ उनले भने, ‘बाँकी दुर्घटना कसरी भयो के भयो भन्ने विषयमा अनुसन्धानपछि मात्र भन्न सकिन्छ ।’ घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रादेशिक अस्पताल पुग्दा चारैजनालाई मृत घोषणा गरिएको छ भने घाइतेको उपचार भइरहेको छ।