काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । लोकसेवा आयोगको सहमतिमा सेनाले लेखा उपसेनानी, प्राड उपसेनानी, पाइलट उपसेनानीसहित विभिन्न पदमा १९४ कर्मचारी माग गरेको हो ।
सेनाले लेखा उपसेनानीमा खुला तथा समावेशीतर्फ गरी ४० जनाको माग भएको छ । त्यस्तै, प्राड उपसेनानी र पाइलट उपसेनानी चार-चार जना माग गरिएको छ ।
पुरुषका हकमा १८ वर्ष पूरा भई २९ वर्ष ननाघेका र महिलाको हकमा ३० वर्ष ननाघेका उम्मेदवारले १३ वैशाखसम्म र दोब्बर दस्तुर तिरेर थप सात दिन बैशाख २० सम्म कार्यालय समयमा दरखास्त दिन सक्नेछन् ।
विज्ञापनको पूर्ण विवरण आजको गोरखापत्रमा प्रकाशित छ ।