काठमाडौँ l तीन दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन्। उनले नेकपाबाट विभाजन भएका दुई कम्युनिष्ट पार्टी एमाले र माओवादीलाई मिल्न रचुनावमा सहभागि हुनलाई आग्रह गरे।
नेपाल भ्रमणका क्रममा आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको छुट्टाछुट्टै भेटमा आफुहरु जहिले पनिनेपालको हितमा रहेकोभन्दै मिलेर कम्युनिष्ट पार्टीहरु एकभएर जानका लागि आग्रह गरेका थिए ।‘कम्युनिस्टहरू एक हुनुपर्छ। अनेकन् बहानामा फुट्नु नागरिक र मुलुकका लागि राम्रो होइन’, भेटमा सहभागी वाम दलका एक नेताले भने।
नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भने चिनियाँ परराष्ट्रमन्त्री वाङले भेट्न चाहेनन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले प्रयास गर्दा पनि वाङले भेट नदिएका हुन्। सत्तारुढ घटकमध्येको एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग वाङको भेट गराउन सरकारका तर्फबाट भएको पहल पनि सफल हुन नसकेको परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले बताए। हामीले प्रयास गरेका हौँ तर उता (चिनियाँ पक्ष) बाट अहिले भेट्न आवश्यक नरहेको भन्ने कुरा आयो।’
ती अधिकारीले भने, ‘हामीले प्रयास गरेका हौँ तर उता (चिनियाँ पक्ष) बाट अहिले भेट्न आवश्यक नरहेको भन्ने कुरा आयो।’ ‘क्लोज डिनर’ मा समेत अध्यक्ष नेपाल आमन्त्रित थिएनन्। वाङ आइतबार नै स्वदेश फर्किसकेका छन्।
पछिल्ला गतिविधिले चीनको चाहना वर्तमान सत्ता गठबन्धनभन्दा पनि कम्युनिस्ट गठबन्धन कायम होस् भन्ने रहेको नेपाल–चीन मामिलाका एक विज्ञ बताउँछन्। ‘चिनियाँ पक्षले कम्युनिस्ट गठबन्धन कायम रहोस् भन्ने चाहना राखेको छ। तर चीनले कमजोर शक्तिलाई भने कहिल्यै महत्त्व दिँदैन। चिनियाँ मन्त्रीले माधव नेपाललाई नभेटेर त्यही सन्देश दिएका हुन सक्ने छ उनले भने ।
नेता नेपालसँग चीनको राम्रो सम्बन्ध रहेको बताइन्छ। यसपटक परराष्ट्रमन्त्रीले भेट नदिनु र डिनरमा समेत नबोलाइनु अर्थपूर्ण रहेको ती विज्ञले बताए। आफूलाई भेट्न नदिएकोमा अध्यक्ष नेपालले परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासका अधिकारीसँग पनि गुनासो पोखेका छन्। चिनियाँ पक्षले उत्तर दिएको थियो, ‘उहाँको दल निर्वाचनमा गएर आएपछि भेटिहाल्छौँ। अहिले त उहाँका नेताहरूलाई भेटेका छौँ।’
यस्तै चीनले अहिले माधव नेपाल र उनको दल एकीकृत समाजवादीसँग कुनै अपेक्षा नराखेको देखिएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए। ती अधिकारीले भने, ‘प्रमुख प्रतिपक्षी एमाले र सत्तारुढ घटकका मुख्य खेलाडी पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेटेपछि भइहाल्यो नि भन्ने उनीहरूको निष्कर्ष रह्यो।’
परराष्ट्रमन्त्री डा.नारायण खड्काको निमन्त्रणामा आएका वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए। राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट भए पनि एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालसँग भने कम्युनिस्ट एकताका विषयमा कुराकानी भएको बताइएको छ।
उसो त यी दुई दलका तर्फबाट हालै भिन्नभिन्न टोलीले चीन भ्रमण गरेका छन्। वाङ नेपाल आउनुअघि एमाले नेता विष्णु पौडेलको नेतृत्वमा एउटा टोली चीन पुगेको थियो। कम्युनिस्ट एकताका लागि पहल गर्न टोली चीन गएको बुझाइ अधिकांशको छ। पौडेलका साथमा पुष्पराज कँडेल, मीना सिंह, काशिनाथ अधिकारी चीन गएका थिए।