काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
राष्ट्रपति भण्डारीलाई भेट्न विदेशमन्त्री वाङ शीतल निवासमा पुगेका थिए ।
नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले हिजो प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए ।
यसैगरी आज उनले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पालैपालो भेटवार्ता गर्दैछन् ।
चिनियाँ विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डल चैत ११ गते नेपालको तीनदिने भ्रमणका लागि काठमाडौं आएको थियो ।