काठमाडौं। युवा संघका केन्द्रीय सदस्य वकिल बमलाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले पक्राउ गरेको छ।
ठमेलस्थित एक दोहोरी रेष्टुरेन्टमा महिला कलाकारलाई कुटपिट गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो। उनले कुटपिट गरेको भिडिओ पनि सार्वजनिक भएको छ।
प्रहरीले अभद्र व्यवाहारको मुद्दा चलाउने भएको छ। बमका विभिन्न रेष्टुरेन्टमा लगानी रहेको बताइएको छ।