शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

भ्रातृ संगठनमा भएको अध्यक्ष मनोनयनको कोइराला समूहले बैठकमा प्रतिवाद गर्ने, विद्यार्थीले बाहिर प्रदर्शन गर्ने

शुक्रबार, चैत्र ११ २०७८

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष नियुक्त गरेको विषयलाई असन्तुष्ट संस्थापनइतर समूहले आजको बैठकमा कुरा उठाउने भएको छ ।

आजदेखि सुरु हुने कांग्रेस केन्द्रीय समिति बैठकमा डा. शेखर कोइराला समूहले सभापति देउवाको सो निर्णयमा प्रतिवाद गर्ने भएको हो । 

‘सभापतिज्यूलाई विश्वासका साथ सहमतिका आधारमा निर्णय गर्न अधिकार प्रदान गरिएको थियो । तर, उहाँले अधिकारको दूरुपयोग गरेर  नेविसंघ र तरुण दलको अध्यक्षमा एकलौटी मनोनित गरिदिनुभयो,’ कांग्रेस नेता रञ्जित कर्णले भने, ‘सभापतिको सो निर्णयमा शेखर समूहबाट आजको बैठकमा प्रतिवाद हुनेछ ।’ 

सभापति देउवाको सो निर्णय लगत्तै कोइराला समूहले अलग्गै भेला डाकेर असन्तुष्टि प्रकट गरिसकेको छ ।

बुधबार सभापति देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेका थिए । 

असन्तुष्ट पक्षले कांग्रेस केन्द्रीय समिति बैठकस्थल सानेपामा बैठक अघि विरोध प्रदर्शन गर्ने समेत भएको छ । 
असन्तुष्ट शेखर कोइराला समूहका विद्यार्थी नेताहरूले विरोध प्रदर्शन गर्न लागेका हुन् ।