काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।
हाल देशको पहाडी र हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।
मौसम तथा पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने छ रहने छ ।
प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राती पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश १, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शनिबार पहाडी भूभागमा आंशिक बदली रहने प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको बुलिटनमा उल्लेख छ ।