बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नवलपुर र तिलोत्तमा उद्योग वाणिज्य संघको स्वागतमा सुमार्गीले भने: कृषिमा आत्मनिर्भर हुन प्रविधिको प्रयोग आवश्यक

बिहिबार, चैत्र १० २०७८

 

बुटवल । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीले कृषिमा आत्मनिर्भर बन्नका लागि आधुनिक प्रविधिको प्रयोग हुन जरुरी रहेको बताएका छन् ।

नवलपुर र तिलोत्तमा उद्योग बाणिज्य संघ बुटवलको स्वागत कार्यक्रममा सुमार्गीले यस्तो बताएका हुन् ।

नवलपुर र तिलोत्तमा उद्योग बाणिज्य संघले सुमार्गीलाई स्वागत गरेको थियो ।

तिलोत्तमा उद्योग बाणिज्य संघ अध्यक्ष माधव भण्डारीको नेतृत्वमा तथा फ्लोरिकल्चर एसोसिएसन लुम्बिनीका अध्यक्ष रमेश पाण्डेको संयोजकत्वमा स्वागत कार्यक्रम भएको हो ।

कार्यक्रममा सुमार्गीले नेपालमा कृषी प्रधान देश भइकन पनि आत्मनिर्भर बन्न नसकेको बताउँदै यसको अभियानका रुपमा कृषि उद्यम केन्द्रले सय किसान अभियान सुरु गरेको बताए ।

फरक प्रसङ्गमा व्यवसायीको सम्मानमा अहिलेको सरकार चुकेको बताउँदै उनले भने, ‘स्थानीय निर्वाचन नहुँदा उद्योगीको भुमिका राम्रो थियो तर निर्वाचनपछि उद्योग बाणिज्य संघका पदाधिकारीको प्रोटोकल मिल्न सकेको छैन । यसको लागि लभिङ गर्न पर्ने अवस्था छ ।’

सबै उद्योगी एकजुट हुन आवश्यक रहेको बताउँदै सुमार्गीले हरेक जिल्लामा कृषि योजना सुरु गर्ने तयारी रहेको बाए ।  कृषि उद्यम केन्द्रले पैसा, जमिन र श्रमिकको सीप प्रयोग गरेर अघि बढ्न प्रेरित गर्ने उनको भनाइ थियो । त्यसका लागि सहयो गर्न तत्पर रहेको उनले बताए ।

सो क्रममा सुमार्गीले कृषकको लागि अनुदान हैन सरकारले प्रबिधि, सहुलियत ऋण, सीप प्रदान गर्नुपर्ने बताएका थिए ।

उनले भने, ‘कृषिको अनुसन्धान नगरी कृषिको विकास सम्भब नै छैन । १०० किसान अभियान ७७ वटा सेन्टर बनाएर जसमा एउटा किसान भित्र सयौं किसान अटाउने अभियान हो । यो एउटा एकीकृत कृषी प्रणाली अपनाउने अभियान हो ।’ उनले पैसा, प्रबिधि र बजारको व्यवस्था कृषि उद्यम केन्द्रले गर्न प्रयास गरिरहेको बताउँदै कृषिमा आधुनिक प्रविधिको प्रयोग गर्न जरुरी रहेको बताए ।

सुमार्गीले शिक्षालाई व्यवहारमुखी बनाउन १०० किसान अभियानले मद्दत पुर्याउने र त्यसको लागि इजरायल र कोरियन प्रविधिको लागि एइसीले नेपाली विद्यार्थीलाई कोरिया अध्ययन गर्न पठाउने योजना बनाएको जानकारी दिए ।

सो क्रममा सुमार्गीले कृषि उपज थोक बजार  बुटवलका व्यवसायीसंग छलफल गरेका थिए ।

स्वागत कार्यक्रम लगायतका तस्वीर

Capture.PNG

f.jpg

d.jpg

c.jpg

b.jpg

a.jpg

e.jpg