शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

देशलाई समाजवाद निर्माणसम्म पुर्‍याउने मुख्य अभिभारा एमालेको काँधमा छ : अध्यक्ष ओली 

बुधबार, चैत्र ९ २०७८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई समाजवाद निर्माणसम्म पुर्‍याउने मुख्य जिम्मेवारी एमालेको काँधमा रहेको बाएका छन् ।

एमालेको बुधबारको केन्द्रीय कमिटि बैठकलाई सम्बोधन गर्दै उनले एमालेको विषयमा गलत प्रचार भएको समेत बताए ।

अध्यक्ष ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनको मुख्य शक्ति एमाले भएको दाबी गर्दै एमालेविरुद्ध जनविरोधी प्रचार रचना गरिएको बताए ।

उनले भने, ‘नेकपा एमाले देशको सबैभन्दा पुरानो र मूलधार बोकेको पार्टी हो भन्न कुनै अप्ठेरो छैन,’ ओलीले भने, ‘थुप्रै कुरा भ्रमपूर्ण प्रचार भएका छन् । जनविरोधी प्रचार भएका छन् । इतिहास त्यसैगरी रचना गरिएको छ ।’ 

एमालेसँग इतिहासको विरासत रहेको जनाउँदै अध्यक्ष ओलीले एमालेको काँधमा आजका समस्या र चुनौतीको सामान गर्नुपर्ने अभिभारा रहेको बताए ।

‘कम्युनिस्ट पार्टीहरु मध्ये एमाले ठूलो भन्ने शब्दावली भूलवश, नियतवश निकालिएको छ । एमाले देशको प्रमुख राजनीतिक पार्टी हो । वर्तमानको जनविश्वा, जननिर्वाचित संस्था, राष्ट्रलाई अघि बढाउने नीतिका हिसावले हामी प्रमुख पार्टी हौं,’ उनले भने ।