काठमाडौं । बबरमहलस्थित कार्की ब्यांक्वेटमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले केन्द्रीय कमिटीको बैठक जारी छ ।
केहीबेर अघि शुरु भएको एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले स्थानीय तहका निर्वाचनलगायतनका विषयमा छलफल भइरहेको छ ।
एमालेले बुधबार र बिहीबार गरी दुई दिन केन्द्रीय कमिटीको बैठक बोलाइएको हो ।
बैठकमा एमाले अध्यक्ष केपी ओलीले सम्बोधन गरेका थिए । उनले आगामी निर्वाचनमा पार्टीलाई कसरी देशभर विजयी गराउने भन्ने विषयमा नेताहरूलाई निर्देशन दिएका छन् ।
अध्यक्ष ओली र महासचिव शंकर पोखरेलको राजनीतिक तथा समसामयिक प्रतिवेदन, सातवटै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायतका विषय बैठकका मुख्य एजेण्डा रहेका छन् ।
केन्द्रीय कमिटीको तेस्रो बैठकले छलफल र निर्णयका लागि ११ वटा कार्यसूची पारित गरेको एमाले नेता विष्णु रिजालले जानकारी दिए ।
