शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आंशिक बदली र हल्का वर्षाको सम्भावना, कहाँ–कहाँ ? 

मंगलबार, चैत्र ८ २०७८

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । यसका कारण अहिले बिहान प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक बदली रहेको छ ।

मौसम पूर्वानुमान महाशाखा दिउँसो प्रदेश १ को पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
भोलि प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ भने पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।