शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमाले उपाध्यक्ष पौडेल नेतृत्वको टोली चीन भ्रमणमा

सोमबार, चैत्र ७ २०७८

काठमाडौं । नेकपा (एमाले) प्रतिनिधिमण्डलको टोली चीन भ्रमण गएको छ । एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल नेतृत्वको टोली चीन भ्रमणमा प्रस्थान गरेको हो ।

चीनको कुन्मिङमा हुन लागेको इकोनोमिक कोपरेसन एन्ड कल्चरल एक्सेन्ज कार्यक्रममा सहभागी हुन पौडेलसहितको टोली चीन गएको छ ।

उनीहरु हिमालय एयरलाइन्सको कार्गो फ्लाइट मार्फत आज बिहान चीन जान लागेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

टोलीमा एमालेका उपाध्यक्ष पौडैल, नेताहरु काशीनाथ अधिकारी, पुष्प कँडेल र मिना रखाल छन् ।