काठमाडौं । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा भातृ संगठन नेपाल विद्यार्थी संघका नेता कार्यकर्ता धर्ना बसेका छन् ।
लामो समयदेखि नेविसंघको महाधिवेशन नभएको र विधानअनुसार महाधिवेशनको माग गर्दै आइतबार उनीहरुले धर्नमा बसेका हुन् । नेविसंघमा उमेर हदबन्दी ३२ वर्ष बनाएर पार्टीले विद्यार्थी नेताहरुलाई जुधाउन खोजेको उनीहरुको आरोप छ ।
साथै तरुण दलका लागि पनि ४५ बर्षे उमेर हद लगाएर पार्टीले नेता कार्यकर्तालाई जुधाउन खोजेको भन्दै उक्त निर्णय खारेजीको माग गर्दै उनीहरु धर्ना बसेको नेविसंघका नेता अनिल खनालले बताए ।
नेविसंघको अविलम्ब महाधिवेशनको माग गर्दै पार्टीका कार्यालय सचिवलाई ज्ञापनपत्र बुझाएर उनीहरु पार्टी कार्यालयमा धर्नामा बसेका छन् ।