शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

संवैधानिक नियुक्तीको खारेजीबाट स्वतन्त्र न्यायपालिकाको अन्त्य करिव पक्का : गोकुल बाँस्कोटा

आइतबार, चैत्र ६ २०७८

काठमाडौं । एमालेका नेता गोकुल बाँस्कोटाले केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत गरेका संवैधानिक नियुक्तिहरु खारेज हुने लगभग पक्का भएको बताएका छन् । 
एमाले पोलिटब्युरो सदस्य र पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले आईतबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो बताएका हुन् । 
उनले लेखेका छन्–एउटा दुरगामी तर तनावपुर्ण निर्णय गराउन परमादेशी सरकार सफल भएजस्तो देखिन्न्छ । त्यो हो – स्वतन्त्र न्यायपालीकाको अन्त्य जस्को प्रयोग संबैधानिक नियुक्तीको खारेजीबाट गरिने करिव पक्का ।
संसदीय सुनुवाइबिनै १३ वटा संवैधानिक आयोगमा तत्कालीन ओली नेतृत्वको सरकारले नियुक्त गरेका ५३ जना पदाधिकारीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा दायर भएका रिटहरूको प्रारम्भिक सुनुवाइ शुक्रबारदेखि सुरु भएको छ ।

ओलीले संवैधानिक परिषद्सम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन गरेर नियुक्त गरेका ५३ जना पदाधिकारीसँग सम्बन्धित ११ वटा रिट निवेदनको एकसाथ सुनुवाइ भएपनि शुक्रबार ‘हेर्दाहेर्दै’मा राखिएको थियो ।

रिट दर्ता भएको १५ महिनापछि संवैधानिक इजलासमा प्रारम्भिक सुनुवाइ थालिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले समेत संवैधानिक निकायमा भागबण्डा लिएर नियुक्ति प्रक्रियामा सहभागी भएपछि उनले रिटहरूको सुनुवाइ पन्छाउँदै आएका थिए ।

दीपककुमार कार्की कायममुकायम प्रधानन्यायाधीश भएपछि नियुक्ति सम्बन्धित मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढेको हो ।