बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ठोरीमा टेम्पो दुर्घटना हुँदा चालकको मृत्यु 

आइतबार, चैत्र ६ २०७८

वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका–३ मा आज बिहान टेम्पो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।  टेम्पोमा सवार अन्य २ जना सामान्य घाइते भएका छन् । 
पर्साको ठोरी गाँउपालिका–४ का अन्दाजी ३५ बर्षीय बिर बहादुर विश्वकर्माको मृत्यु भएको हो ।

घाइते भएका ठोरी गाउँपालिका–३ का खेल बहादुर विश्वकर्मा र बिजय सुनारलाई उपचारको लागी स्थानिय मेडिकल पठाइएको प्रहरीले जनाएको छ ।

रामनगरबाट बिजयवस्ती तर्फ जादै गरेको प्रदेश २–०३–००१ह ६२८ नम्बरको टेम्पो आइतबार बिहान साढे ३ बजे नियन्त्रण गुमाएर पल्टीएको थियो ।