शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आगामी निर्वाचनमा कांग्रेसलाई १३ सिटमा झारिन्छ

आइतबार, चैत्र ६ २०७८

काठमाडौँ l नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसलाई आगामी चुनावमा १३ सिटमा झार्नुपर्ने टिप्पणी गरेका छन् ।

एमालेको भ्रातृ संगठन अनेरास्ववियुले आज गरेको कार्यक्रममा अध्यक्ष ओलीले केही वर्षअघिको निर्वाचनमा २३ सिटमा सीमित भएको काँग्रेसलाई अब १३ सिटमा झार्नुपर्ने बताएका हुन् । उनले यसका लागि तयारीमा जुट्न पनि नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

अध्यक्ष ओलीले युवाहरू पनि काँग्रेस र गठबन्धन सरकारबाट वाक्क भइसकेको अब एमालेलाई भोट दिने विश्वास गरेका छन् ।

उनले आफ्नो पार्टी नेतृत्वको सरकारले कर्मचारीको तलब २५ प्रतिशत बढाएको भन्दै अरु पार्टी सरकारमा गए तलबभत्ता नबढ्ने बताए । अध्यक्ष ओलीले एमाले देशको पहिलो पार्टी भएको पनि बताए ।

संसदमा अझै पनि एमालेको ९८ सिट रहेको र देशभरको महौल पनि एमालेकै पक्षमा रहेको उनको दाबी छ ।

अध्यक्ष ओलीले देशभरका मेयर, उपमेर, केन्द्रीय तहको नेता एमालेमा आइसकेकाले अब माओवादी केन्द्रसहित अन्य पार्टीको भाँडो रित्तिसकेकोसमेत टिप्पणी गरेका थिए ।