बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

शुक्रबार, चैत्र ४ २०७८

काठमाडौं ।  सुनको मूल्य शुक्रबार स्थिर रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार आठ सय रुपैयाँ कायम गरिएको छ ।

यसअघि, बिहीबार पनि सुन तोलाको ९९ हजार आठ सय रुपैयाँमै कारोबार भएको थियो ।
 
शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ ।  

चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँले घटेको छ । बिहीबार एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबा एक हजार तीन सय ८५ रुपैयाँ निर्धारण भएको छ ।