बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कानुन आयोगको नयाँ प्रस्तावले नियतबस डिभोर्स गर्न खोज्ने महिलालाई धक्का!

शुक्रबार, चैत्र ४ २०७८

काठमाडौं। सम्पत्तिका लागि नै विवाहेत्तर सम्बन्ध राखी पतिसँग डिभोर्स गर्ने महिलालाई नेपाल कानुन आयोगको नयाँ प्रस्तावले धक्का दिएको छ।

पतिसँग डिभोर्स गरी अंशमा सम्पत्ति लैजाने र प्रेमीसँग बिहे गर्ने नियत राखेकाहरूलाई यस प्रस्तावले धक्का दिएको हो। नेपाली समाजमा यस्तो प्रकारको विकृतिलाई रोक्नका लागि आयोगले देवानी संहितामा संशोधनको प्रस्ताव गरेको छ।

नेपाल कानुन आयोगले सम्बन्धविच्छेद गरेका महिलाले अर्को विवाह गरेमा पूर्वपतिबाट पाएको अंश फिर्ता गर्नुपर्ने नयाँ प्रस्ताव अघि सारेपछि तरङ्ग पैदा भएको छ। मुलुकी देवानी संहिता ऐन– २०७४ को संशोधन प्रस्ताव अघि बढाउँदै आयोगले ऐनको दफा १०३ मा नयाँ व्यवस्था थप्न लागेको हो ।

उक्त व्यवस्थामा अंश लिई सम्बन्धविच्छेद गरेकी महिलाले अर्को विवाह गरेमा निजले अंशबापत प्राप्त गरेको सम्पत्ति निजको पूर्वपतिका तर्फबाट छोरा छोरी भए त्यस्ता छोराछोरीले र छोराछोरी नभए पूर्वपति वा पूर्वपतिका अंशियारले पाउने व्यवस्था प्रस्ताव गरिएको छ।

एक समाजशास्त्री भन्छन्,‘कानुन आयोगको यो प्रस्तावले डिभोर्सको नियत राख्नेहरूलाई धक्का लागेको छ। अब डिभोर्स गरेपछि अर्को बिहे गर्नेलाई अंशक किन दिने भन्ने प्रश्नले बहस पाउँछ।’