काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा संवैधानिक परिषदको सिफारिसमा नियुक्ति पाएका ५२ पदाधिकारीको नियुक्तिविरुद्धका मुद्दाको सुनुवाइ हुने भएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले विभिन्न संवैधानिक आयोगमा नियुक्त ५२ जनाको नियुक्तिविरुद्धका मुद्दाको प्रारम्भिक सुनुवाइ आज हुने जानकारी दिए ।
ययसअघि न्यायाधीश हरि फुयाँलको एकल इजलासले संयुक्त बेन्चमा सुनुवाइका आगि आदेश दिएकोमा कामु प्रधानन्यायाधीश दीपक कार्कीले गत साता गोला नतानी सो मुद्दालाई आफ्नो इजलासमा राखेर लगत कट्टा गरी संवैधानिक इजलासमा पठाउने आदेश दिएका थिए ।
अधिवक्ता डा. गणेश रेग्मीले दर्ता गरेको रिट निवेदनमा १७ भदौ २०७८ मा जारी भएको अन्तरिम आदेशका कारण संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्धमा परेका मुद्दा अघि बढ्न सकेका थिएनन् ।
संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।