बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

होलीको शुभकामना दिँदै प्रधानमन्त्री देउवाले भने: स्वास्थ्यका मापदण्ड पालना गर्दै मर्यादितरुपमा फागु पर्व मनाउ 

बिहिबार, चैत्र ३ २०७८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले फागु पूर्णिमा अर्थात होली पर्वको विविधताबीचको एकता नै नेपालीको पहिचान बनेको बताएका छन् ।

होलीको शुभकामना दिँदै देउवाले होलीमा खेलिने विविध रङहरूजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गरेका छन् ।

उनले कोभिड १९ को संक्रमण रोकथामका लागि जारी स्वास्थ्यका मापदण्ड पालना गर्दै र अरुलाई अवरोध नहुने गरी मर्यादितरूपमा होली पर्व मनाउन आग्रहसमेत गरेका छन् ।