बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

काठमाडौंको विजेश्वरीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु 

बुधबार, चैत्र २ २०७८

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ विजेश्वरीमा बुधबार बिहान मोटरसाईकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक  धादिङ घर भई हाल नागार्जुन नगरपालिका–१ रानीवन बस्ने ३५ वर्षीय हरि दुवाडी रहेका छन् ।   
स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा बुधबार बिहान सवा ७ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवाडीले चलाएको बा ४९ प ६१२३ नम्बरको स्कुटर र बा ८५ प ५०६० नम्बरको मोटरसाईकल बुधबार बिहान सवा ६ बजे ठोक्किएका थिए ।

मोटरसाईकल सहित चालक प्रहरी वृत्त स्वयम्भुको नियन्त्रणमा रहेका छन् ।