काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले आकस्मिक ससंदीय दलको बैठक आह्वान गरेको छ ।
संसद् अधिवेशनको भोलिपल्ट एमालेले दिउँसो ३ बजे दलको बैठक बोलाएको हो । बैठक नयाँबानेश्वरमा बस्दैछ ।
मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
आफूले कारबाही गरेका १४ सांसदको पद निलम्बनको माग गदै झण्डै सात महिनादेखि एमालेले संसदमा विरोध जनाउँदै आएको थियो ।