बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अब क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन बेटिङका बेबसाइट नचल्ने

बुधबार, चैत्र २ २०७८

काठमाडौँ l नेपालमा क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा (बेटिङ) जस्ता वेबसाइटमा सरकारले प्रतिबन्ध लगाएको छ।

अर्थ मन्त्रालयले एक पत्र काटेर सूचना तथा सञ्चार मन्त्रालयलाई  यस्ता बेबसाइट ‘ब्लक’ गर्न आग्रह गरेपछि सरकारले यस्ता बेबसाइटमा प्रतिबन्ध लगाएको हो।

नेपाल दूरसञ्चार प्राधिकरणले मंगलबार पत्र लेख्दै यस्ता वेबसाइट र एपहरु बन्द गर्न इन्टरनेट तथा मोबाइल सेवाप्रदायकलाई निर्देशन दिएको छ।

अर्थ मन्त्रालयले आर्थिक अपराधसँग सम्बन्धित एप र वेबसाइट प्रयोग, सञ्चालन तथा व्यवस्थापन गर्न नपाउने गरी निषेध र प्रतिबन्ध गर्दै कालोसूचीमा राख्न निर्देशन दिएको थियो।