शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पललाई पुनः तनहुँ लगियो

बुधबार, चैत्र २ २०७८

काठमाडौँ l बलात्कार आरोपमा पक्राउ परेका अभिनेता पल शाहलाई पुनः तनहुँ लगिएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुर गैंडाकोटमा उनको बयान लिएपछि मंगलबार पुनः तनहुँ ल्याइएको प्रहरीले जनाएको छ।

एक नाबालिकाले शाहविरुद्ध बलात्कार गरेको आरोपमा किटानी जाहेरी दर्ता गराएकी थिइन्। ती किशोरीले फागुन ११ गते तनहुँ प्रहरीमा र फागुन १५ गते गैंडाकोट प्रहरीमा किटानी जाहेरी दर्ता गराएकी थिइन्।

शाह फागुन १५ गते पक्राउ परेका हुन्। जिल्ला अदालत तनहुँबाट अनुमति लिएर शाहलाई हिरासतमै राखेर अनुसन्धान भइरहेको छ।

सुरुमा ७ दिन र पछि १२ दिन गरी चैत ४ गतेसम्म शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ।