बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

क्रिप्टोकरेन्सीमा संलग्न भएको अभियोगमा दुईजना विरुद्ध ९ करोड बिगो दाबी गर्दै मुद्दा

बुधबार, चैत्र २ २०७८

काठमाडौ । राजश्व अनुसन्धान विभागले दुई जना व्यक्तिहरुउपर आरोपपत्र दायर गरेको छ । मंगलबार क्रिप्टो करेन्सी मार्फत राजश्व छली गरेको अभियोगमा दुई जना व्यक्तिहरु उपर आरोपपत्र दायर गरिएको बिभागले जानकारी दिएको छ ।

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ सम्बन्धी मुद्धामा मोरङको रतुवामाई नगरपालिका वडा नं ७ बस्ने २८ बर्षिय पुस्कर श्रेष्ठ र मोरङकै रतुवामाई नगरपालिका वडा नं ७ बस्ने २३ बर्षिया बिनिता लिम्बु उपर मंगलबार काठमाडौं जिल्ला अदालतमा आरोपत्र दायर गरिएको विभागको भनाई छ । 

विभिन्न वैकका वैक स्टेटमेन्टहरु, वरामदित मोवाइलमा प्राप्त डाटाहरुलगायत कल डिटेल विवरण समेतका मिसिल संलग्न प्रमाणबाट पुस्कर श्रेष्ठ र बिनिता लिम्बु समेतका प्रतिवादीहरूले सामूहिक रुपमा मिलिमतो गरी मोबाइल एप्स वान एक्स बिट, बिनान्स, एडिभी क्यास, क्वाईनबेस, प्याक्सफुल प्रयोग गरि विदेशि विनिमय अमेरिकी डलर सम्बन्धी कसुर कार्यमा संलग्न रहि सामूहिक रुपमा मोरङ्ग रतुवामाई नगरपालिकाबाट डलरको अनलाइन मार्फत अवैध रुपमा कारोबार गरेको कसुरजन्य कार्यको आधारमा उक्त आरोपत्र दायर गरिएको बिभागले जनाएको छ । 

उक्त कसुरमा प्रतिवादीहरु पुस्कर श्रेष्ठ र बिनिता लिम्बुले एप्स वान एक्स बिट, बिनान्स, एडिभी क्यास, क्वाईनबेस, प्याक्सफुल मार्फत रकम लोड तथा अनलोड गरी अमेरिकी डलर सटही तथा क्रिप्टोमा लगानीकर्ताकोरुपमा रहि कार्य गरी प्रतिवादी पुस्कर श्रेष्ठले मेगा बैंकबाट ८६ लाख ८३ हजार चार सय २९ रुपैयाँ ८५ पैसा, सिटिजन्स बैंकबाट दुइ करोड ५१ ला ४४ हजार ९९ रुपैयाँ ९७ पैसा, एनआईसी एशिया बैंकबाट एक करोड ८२ लाख ४९ हजारा आठ सय ८९ रुपैयाँ ३२ पैसा र राष्ट्रिय बाँणिज्य बैंकबाट दुई करोड ३६ लाख ६२ हजार पाँच सय ३९ रुपैयाँ ३८ पैसा समेत गरी कुल सात करोड ५७ लाख ७१ हजार नौ सय ५८ रुपैयाँ ५२ पैसा र बिनिता लिम्बुले एन. आईसी एशियाबाट दुई करोड १६ लाख ९८ हजार २४ रुपैयाँ ७४ रुपैयाँ समेत गरी जम्मा नौ करोड ७४ लाख ६९ हजार नौ सय ८३ रुपैयाँ २६ पैसा बराबरको रकम प्रतिवादीहरु पुस्कर श्रेष्ठ र र बिनिता लिम्बुले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ को उपदफा (१), दफा ४ को उपदफा (१), दफा ५ को उपदफा (१) र दफा १२ बमोजिम नेपाल राष्ट्र बैंकको मिति २०७४÷०४÷२९, २०७५÷१२÷२६ र २०७८÷०५÷२४ को सूचना समेतले निषेधित कसूर गरेको पुष्टि हुन आएकोले निज प्रतिवादीहरु पुस्कर श्रेष्ठ र बिनिता लिम्बुलाई सोही ऐनको दफा १७ को उपदफा (१) बमोजिम बिगो जफत गरी सजाय हुन र दफा १७ को उपदफा (९) बमोजिम तीन वर्षसम्मको कैद सजायको मागदावी लिइएको छ ।