शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

संसद अधिवेशन अन्त्य

बुधबार, चैत्र २ २०७८

काठमाडौँ l सरकारले संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। आज(मंगलबार) बसेको मन्त्रिपरिषद बैठकले संसदको अधिवेशन अन्त्य निर्गणयर्ने सिफारिस गरेको हो।

बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य गर्नका लागि मन्त्रिपरिषदले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ l संसद अधिवेशन अन्त्य र आह्वान मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ। 

यो अधिवेशनको प्रारम्भदेखि नै प्रतिपक्षी एमालेले संसदमा नाराबाजी र अवरोध गर्दै आएको थियो। १४ सांसदमाथि गरिएको कारबाहीले पूर्णता पाउनुपर्ने र सभामुख सापकोटाले राजीनामा दिनुपर्ने मागसहित एमाले विरोधमा थियो।

संसदको जारी अधिवेशनले अमेरिकी सहयोग परियोजना एमसिसीलाई अनुमोदन गर्ने बाहेक अरु कुनै उल्लेख काम गर्न सकेन।