बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

जो प्रतिगामीको पुच्छर उही समाजवादी

मंगलबार, चैत्र १ २०७८

काठमाडौँ l प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झण्डै दुईतिहाइ नजिक पुगेको पार्टीलाई फुटाउनेहरु कम्युनिष्ट नहुने बताउँदै माओवादी र माधव नेपालप्रति कटाक्ष गरेका छन् l अनेमसंघको तेस्रो पूर्ण बैठकलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले नाम राम्रो राख्दैमा सबै पार्टी राम्रा नहुने बताए ।

‘नाम राख्दैमा म बलबहादुर हुन्नथें कामले हुँदैनथें । नामका कम्युनिष्ट हुन् कामका होइनन् । पार्टीका नाम पनि छानेर राख्छ । जुन फाटोवादी छ उसको नाम एकीकृत’, उनले भने, ‘जो प्रतिगामीको पुच्छर ऊ समाजवादी । नाम र काम एउटै हुँदैन ।’
ओलीले स्थानीय तह निर्वाचनमा जुट्न पनि निर्देशन दिएका छन् । ‘हामी आगामी निर्वाचनमा ६० देखि ७० प्रतिशत स्थानीय तहमा एक्लै जित्न सक्छौं’, उनले भने, ‘यति जित्नका लागि हामीले सबैतिर मिलाउन सक्नुपर्छ ।’

मोहन वैद्यले स्थानीय निर्वाचन बहिष्कार गर्ने निणर्यबारे पनि ओलीले कटाक्ष गरे । ‘मोहन वैद्यले स्थानीय तह निर्वाचन बहिष्कार गर्ने रे ! जनमत र कार्यकर्ता भए पो निर्वाचन लड्थे’, उनले थपे, ‘त्यस पार्टीसँग मिलेन भने एमाले सकिन्छ रे ! केही विद्वादले भनेछन् । मोहन वैद्यलाई भनेको कि माधवकुमार नेपाललाई भनेको कि एमालेलाई भनेको ? एमालेलाई जिस्काउने काम नगर्नु ।’