काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो ३ बजे बैठक बस्ने भएको हो ।
उपाध्यक्ष युवराज ज्ञवालीले दिएको जानकारी अनुसार स्थानीय तह निर्वाचनको कार्ययोजना तय गर्न पार्टी केन्द्रिय कमिटीको बैठक बोलाउने लगायतका विषयमा छलफल गर्न बेठक बस्न लागेको हो ।
सोमबार बसेको पार्टी केन्द्रिय कार्यालय बैठकले केन्द्रिय कमिटीको बैठक छिट्टै बोलाई स्थानीय तह निर्वाचन केन्द्रित कार्ययोजना बनाउने विषयमा छलफल गरेको थियो ।
एमालेले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर प्रदेश स्तरीय प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिसकेको छ ।
निर्वाचन अभियान आक्रमक ढंगले सञ्चालन गर्न दुबै तहको बैठकबाट थप निर्णय गरेर अघि बढ्ने उपाध्यक्ष ज्ञवालीले बताए ।
स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते हुँदैछ ।