पेरिस । फ्रान्समा राष्ट्रपतिका उम्मेदवार एरिक जेम्मोरमाथि शनिबार एक बृद्धले काँचो अण्डा प्रहार गरेका छन् ।
दक्षिणी फ्रान्समा ७० वर्षीय बृद्धले दक्षिणपन्थी नेता जेम्मोरको टाउकोमा अण्डाले हानेका थिए ।
असक्त बालबालिकाबारे राष्ट्रपतिका उम्मेदवार जेम्मोरले गरेको टिप्पणीपछि क्रुद्ध बनेका ती बृद्धले उनको टाउकोमा अण्डा फुटाएका हुन् ।
पेसाले किसान ती बृद्धाका छोरा अटिजमबाट पीडित रहेका छन् ।
जेम्मोरले दुई महिनाअघि अशक्त बालबालिकालाई विद्यालयमा अलग्गै पढाउन आह्वान गरेर समावेशी प्रयत्नहरुविरुद्ध बोलेका थिए ।
फ्रान्समा १० र २४ अप्रिलमा नयाँ राष्ट्रपतिको निर्वाचन हुँदैछ ।