बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सुन–चाँदीको भाउ घट्यो

सोमबार, फाल्गुन ३० २०७८

काठमाडौं । सुनको भाउ सोमबार तोलामा पाँच सय रुपैयाँले घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको एक लाख दुई हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यसअघि,आइतबार सुन तोलाको एक लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार आठ सय रुपैयाँ तोकिएको छ ।  

चाँदीको भाउ पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ । आइतबार एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४१५ रुपैयाँमा निर्धारण भएको छ ।