शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सिन्धुलीमा टिपर दुर्घटना, दुई जनाको मृत्यु, २४ जना घाइते 

सोमबार, फाल्गुन ३० २०७८

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–५ ठाकुरखोलामा आइतबार साँझ जन्ति सवार टिपर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । 
घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

आइतबार साँझ ८ बजे बाणेगाउँबाट कटारीतर्फ जाँदै गरेको ना ३ ख ७४ ९० नम्बरको टिपर अनियन्त्रित भइ सडकमा पल्टिएको थियो । 

गम्भीर घाइते भएका टिपरमा सवार उदयपुरको कटारी नगरपालिका २ का १९ वर्षीय दिपेन्द्र कुमर र २४ वर्षीय अजय दनुवारको उपचारका क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको हो । 

गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि काठमाण्डौ पठाइएको छ । अन्य घाइतेहरुको बिराटनगर, कटारी र सिन्धुलीका बिभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

टिपर चालकलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएको छ । बेहुला बेहुली भने अर्कै गाडीमा सवार रहेको खुलेको छ ।