शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

नेपाल बोटल वाटर उद्योग संघको अध्यक्षमा गौतम

सोमबार, फाल्गुन ३० २०७८

काठमाडौं । पानी व्यवयासीको छाता संगठन नेपाल बोटल वाटर उद्योग संघको अध्यक्षमा ध्रुबबहादुर गौतम निर्वाचित भएका छन् ।

संघको हालै सम्पन्न छैटौँ अधिवेशनमा उनलाई अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा विक्रम लिम्बू चेम्जोङ, उपाध्यक्षमा किशोर थापा, सुदीप श्रेष्ठ, लिला भण्डारी र विशाल श्रेष्ठ, महासचिवमा गोकुल थापा निर्वाचित भए ।

यस्तै कोषाध्यक्षमा कमलप्रसाद अधिकारी, सहकोषाध्यक्षमा मेरिना कायस्थ विजयी भए ।

सातै प्रदेशका सचिव र सदस्य भने पछि छनोट गरिने अध्यक्ष गौतमले जानकारी दिए ।
हाल देशभर नेपाल बोटल वाटर उद्योग संघमा ५८६ उद्योग आबद्ध रहेका छन् ।