शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

इंग्लिस प्रिमियर लिग: आर्सनल र चेल्सीको जित

सोमबार, फाल्गुन ३० २०७८

काठमाडौं । इंग्लिस प्रिमियर लिगअन्तर्गत गतराति भएको खेलमा आर्सनल र चेल्सीले जित निकालेका छन् । चेल्सीले न्युक्यासल युनाइटेडलाई १–० अन्तरले पराजित गर्‍यो ।  खेल सकिन एक मिनेट बाँकी रहँदा काई हाभार्टजले चेल्सीको लागि विजयी गोल गरे । 

जितसंगै चेल्सी २८ खेलमा ५९ अंकसहित तेस्रो स्थानमा छ । जुन दोस्रो स्थानको लिभरपुलभन्दा सात अंक कम हो । शीर्ष स्थानको म्यानचेस्टर सिटीको ६९ अंक छ भने चौथो स्थानको आर्सनलको ५१ र पाँचौ स्थानको म्यानचेस्टर युनाइटेडको ५० अंक छ ।

आइतबार नै भएको खेलमा चौथौ स्थानमा उक्लिने क्रममा आर्सनलले लेस्टर सिटीलाई २–० ले पराजित गरेको हो । घरेलु मैदानमा आर्सनललाई जित दिलाउन थोमस पार्टे र एलेक्सजेण्डर लाकाजेटीले समान एक गोल गरे ।

खेलको ११औं मिनेटमा थोमसले गोल गर्दै आर्सनललाई  अग्रता दिलाए ।  खेलको ५९औं मिनेटमा लाकाजेटीले पेनाल्टीमा गोल गर्दै आर्सनललाई २–० अन्तरको सहज जित दिलाए ।