बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सुनचाँदीको मूल्य बढ्यो

आइतबार, फाल्गुन २९ २०७८

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार ८०० तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला  एक लाख दुई हजार ३०० रुपैयाँ तोकिएकामा गत शुक्रबार प्रतितोला एक लाख दुई हजार १०० रुपैयाँ थियो । 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँ ले बढेर एक हजार ४२५ पुगेको महासङ्घले जनाएको छ ।महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९८७ डलर आसपास कारोबार भइरहेको छ ।