काठमाडौँ l पल शाह प्रकरणमा एक्सनमा उत्रिएको नेपाल प्रहरीले अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन् ।
शाहका म्यानेजर भनिएका जोशीलाई तनुहँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
प्रहरीले नाबालिग बलात्कारको विषलाई तोड्मोड गरेको, प्रमाण नष्ट गर्ने प्रयास गरेको आरोपमा उनलाई तनहुँ प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका जोशीमाथि घटनाको प्रमाण नष्ट गर्ने प्रयास गरेको आरोप लागेको छ । पीडित पक्षले दिएको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
जोशीले पीडित बालिकालाई डर धम्की देखाएको, दुर्व्यवहार गर्न खोजेको र सामाजिक सञ्जालमा जथाभाबी अभिव्यक्ति दिएको प्रहरीले जनाएको छ । तनहुँ प्रहरीका अनुसार पल शाह पक्राउ परेपछि जोशीले विभिन्न युट्युब च्यानलमार्फत् अभिव्यक्ति दिँदै आएका थिए ।