नयाँ दिल्ली । पन्जाव प्रान्तमा आम आदमी पार्टीले अप्रत्यासित सफलता प्राप्त गर्ने देखिएको छ ।
पाँच राज्यहरुमध्ये पन्जाबमा आम आदमीको विजय निश्चित देखिन्छ भने तीन राज्यहरु– उत्तर प्रदेश, उत्तराखन्ड र मणीपुरमा भाजपाले जित्ने देखिएको छ ।
मतगणनाको सुरुवाती रुझानमा आम आदमी पार्टी विजयउन्मुख देखिएको छ ।
त्यसैगरी ११७ सीट रहेको पन्जाबमा आम आद्मी ९० सिट र कंग्रेस १८ सिटमा अग्रता कायम गरेको छ । त्यस्तै पुरानो पार्टी अकलीले ६ सिटमा अग्रता कायम गरेको छ । पन्जाबमा भाजपाको भने २ सिटमा मात्र अग्रता देखिन्छ ।
कुल ७० सिट रहेको उत्तराखन्डमा मतगणनाको पछिल्लो रुझानमा भाजपा ४४ र कंग्रेस २२ स्थानमा अगाडि देखिएको छ ।
पन्जावमा आपको उदयले देशकै सबैभन्दा पुरानो पार्टी कंग्रेसलाई ठूलो धक्का लागेको छ । पन्जावमा आम आदमीको विजय निश्चत भएसँगै अरबिन्द केजरीवालका लागि दिल्लीबाहिर पहिलो ठूलो सफलता हुनेछ ।
पन्जावमा आपले भागवन्त सिंह मनलाई मुख्यमन्त्रीको उम्मेदवार बनाएको छ । ४८ वर्षीय मन सन् २०१४ मा आम आदमी पार्टीमा प्रवेश गरेका थिए ।
सन् २०१९ को निर्वाचनमा पन्जाबबाट लोकसभा चुनाव जित्ने आपका एक मात्र उम्मेदवार हुन् । बिहीबार पाँच वटा राज्यमा विधान सभा चुनावको मतगणना जारी छ ।
उत्तर प्रदेश, उत्तराखण्ड, पन्जाब, गोवा र मणिपुरमा मतगणना भइरहेको छ ।