भक्तपुर । ड्युटीमा खटिएको प्रहरीलाई हातपात एवं अभद्र व्यवहार गर्ने २ जनालाई नियन्त्रणमा लिइएको छ ।
सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक चोकमा मोटरसाइकलमा सवार उनीहरुले जाँचबुझ गर्नेक्रममा प्रहरीमाथि हातपात गरेका थिए ।
मादक पदार्थ सेवन गरी बा ३९ प ३७३९ नम्बरको मोटरसाइकलमा सल्लाघारीबाट जगातीतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्नेक्रममा प्रहरीमाथि हातपात गरेपछि पक्राउ गरिएको प्रहरीले बताएको छ ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने सुनसरी रामधुनी नगरपालिका घर भएका २५ वर्षीय बाबुराम कोइरालालगायत २ जना छन् । उनीहरुलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।