शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

बुटवल उद्योग वाणिज्य संघ र कृषि उद्यम केन्द्रबीच सहकार्य !

मंगलबार, फाल्गुन २४ २०७८

काठमाडौँ l नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगत  कृषि उद्यम तथा अनुसन्धान केन्द्रले बुटवल उद्योग वाणिज्य संघको आयोजनामा  हुने ‘कृषि मेला’ प्रर्बद्धन गर्ने भएको छ l 

कृषकहरूलाई नयाँ–नयाँ कृषि प्रविधितर्फ आकर्षित गराई उत्पादकत्व बढाउने, कृषकहरूलाई नविनतम कृषि प्रविधिबारे जानकारी गराउने, कृषिजन्य उत्पादनहरूको प्रदर्शन तथा बिक्री गर्ने उद्देश्य राख्दै केन्द्रका सभापति अरुणराज सुमार्गी र संघका अध्यक्ष उज्वल प्रसाद कसजुले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् l

बुटवल उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको कृषि मेलालाई कृषि उद्यम केन्द्रले थप व्यवस्थित र प्राविधिमैत्रिक बनाउने सम्झौता पत्रमा उल्लेख गरिएको छ l केन्द्रले उक्त कृषि मेलामा वस्तु बजारीकरण, कृषि मूल्य सुचना तथा उत्पादक र बिक्रेताबिचको सुचना माध्यमको विकासका निम्ति विधुतीय माध्यमको स्थापना बारे आवश्यक व्यवस्थापन गर्नेछ l 

केन्द्रले संघका निम्ति रुपन्देहीको बहुउद्देश्यी भवन निर्माण स्थलमा कृषि वस्तु भण्डारणको निमिक्त १००० टन क्षमताको कोल्ड हाउस लगायत कृषि वस्तु गोदाम निर्माणका साथै कृषि मेला आयोजनाका निम्ति प्रर्दशनी डोम निर्माण गरिदिनेछ l

mou.webp