काठमाडौं। काभ्रे जिल्लाको प्रभा माध्यमिक विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरूको संस्था प्रभा एलुम्नाइ एसोसिएसनको तेश्रो अधिवेशनबाट गोकुल गौतम अध्यक्षमा निर्वाचित भएका छन्।
‘सबैको लागि एक र एकका लागि सबै’ भन्ने मूल लक्ष्य लिएर स्थापित संस्थालाई अबकोे कार्यकालमा विद्यालयमा अध्ययन गरी देश तथा विदेशमा रहेकालाई संस्थामा आवद्ध गराउँदै हाम्रै गाउँ र ठाउँको सेवा र समृद्धिको पक्षमा निरन्तर लाग्ने अध्यक्ष गौतमले बताएका छन्।
यसैगरी एसोसिएनसनको उपाध्यक्षमा वीणा श्रेष्ठ, सुकप्रसाद चौलागाईं, नारायण गौतम, (केशरी), किशोरराज गिरी, रुद्रप्रसाद गौतम निर्वाचित भएका छन्।

निर्मलप्रसाद हुमागाईं महासचिवमा निर्वाचित भए भने सचिवमा राजेश गौतमले जिम्मेवारी पाएका छन्। कोषाध्यक्षमा विष्णुराज गिरी निर्वाचित भएका छन्।
यसैगरी संस्थाको सह–कोषाध्यक्ष परिक्षा चौलागाँई भइन् भने सदस्यहरूमा छविलाल तिवारी, सुनिल कुमार गौतम, होम प्रसाद गौतम, उमेश चौलागाईं, दीपेन्द्र चौलागाई, राजेन्द्र गौतम, शुभद्रा पौडेल, पदम गौतम, अर्जुन हुमागाई निर्वाचित भएका छन्।
यसैगरी यादव राज गिरी, ढक प्रसाद चौलागाई, अर्जुन राज गिरी, रवीन्द्र हुमागाईं, सुजन चौलागाई, राजकुमार गौतम सदस्य निर्वाचित भएका छन्।