काठमाडौं। नो एमसीसी लेखेर प्रतिनिधि सभा अगाडि अज्ञात समूहले राखेको ‘शंकास्पद कुकर बम’ नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ।
आइतबार अमेरिकी आर्थिक सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भएपछि त्यसको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा गरेको थियो।
काठमाडौंमा सामान्य प्रभाव पारे पनि यातायातका साधन निर्वाध चलेका थिए। तर, सोमबार दिउँसो भने एकाएक कुकर बम जस्तो गरी संसद भवनअघि देखिएको थियो।
डिस्पोजल टोलीका सेनाका क्याप्टेन सन्जिव तामाङले उक्त शंकास्पद कुकर बममा विस्फोटक केही पनि नभएको बताएका छन्।