शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मन्त्रिपरिषद्को निर्णय: एमसीसीमा व्याख्यात्मक घोषणा समावेश गर्ने

सोमबार, फाल्गुन १६ २०७८

काठमाडौँ l सत्तारुढ गठबन्धनले एमसिसी पारित गर्ने बाटोका रुपमा ल्याएको व्याख्यात्मक टिप्पणी मन्त्रिपरिषद्‌को संसद भवन बानेश्वरमा बसेको आकस्मिक बैठकले पास गरेको छ।

एमसिसीको व्याख्यात्मक टिप्पणी संसद बैठकमा पेश गर्न‍े गरी मन्त्रिपरिषद् बैठकले पारित गरेको हो।

एमसिसीमाथि सत्तारुढ गठबन्धनकै नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको विरोध रहे पनि व्याख्यात्मक टिप्पणीको बहानामा एमसिसी पारित गर्न उनीहरु तयार भएका हुन्।