काठमाडौँ । सरकार विकास निर्माण गर्नमा चुकेको छ। अर्थात सर्वसाधारण दिने सेवामा उसले बिस्तार गर्न सकेको छैन। तर, यहि बेलामा सरकारी छुटको लाभ भने टाठाबाठाले उठाइसकेका छन् ।
सरकारको बजेटमा घोषणा गरे बमोजिम ६ लाख ९१ हजार व्यवसायीले राज्यबाट ४ अर्ब ८८ करोड बराबरको रकम कर छुट पाएर लाभ उठाइसकेका छन् ।
महामारीबाट प्रभावित भएका उद्योगी तथा व्यसायीले राज्यबाट ठूलो मात्रामा कर छुट पाइसकेका छन् ।
२० देखि ५० लाख सम्मको कारोबार गर्ने २८ हजार १ सय ४३ व्यवसायिले ३९ करोड, १ करोडसम्मको कारोबार गर्ने १ लाख ८३ हजारले १ अर्ब ५३ करोड रुपैयाँ छुट पाएका छन् ।
यति मात्रै हैन करोड भन्दा बढिको कारोबार गर्ने तर महामारीबाट प्रंत्यक्ष प्रभावित भएकाले पनि राज्यबाट छुट पाएका छन् । होटल, सिनेमाघर, यातायात र बायुसेवा १ सय ६१ करदाताले राज्यबाट गत पुससम्ममा १ अर्ब ४ करोड लाभ लिइसकेका छन् ।
महामारीको असर खेपेका व्यवसायीले राज्यबाट कर छुट पाउनु नै हुँदैन भन्ने चाहि होइन। तर, समाजबाद उन्मुख राष्ट्रमा समाजको तल्लो तह राज्यको सुविधाबाट बञ्चित रहिरहँदा पहुँच पुग्नेले भने राज्यबाट छुट पाउनु त्यति राम्रो देखिएको छैन ।
किनभने सरकारले बजेटमा अति बिपन्नलाई १५ हजार रुपैयाँ प्रतिपरिवार उपलब्ध गराउने घोषणा गरेपनि कैयन बिपन्न यस्तो सरकारी योजनाको लाभ पाउनबाट बञ्चित भएका छन् ।
वितरण भएको यस्तो रकम पनि लक्षित समुहसम्म पुग्न सकेको छैन । चुनावको समय नजिकिदै गर्दा यस्तो रकम स्थानिय तहमा भएका जनप्रतिनिधीलाई आगामी चुनावमा भोट संकलन गर्ने मेलो बन्ने पो जोखिम देखिएको छ ।