काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले सदनमा टेबुल गरिएको एमसीसी पारित गराउनका लागि सहयोग गर्न भन्दै नेताका घर–घरमा आफ्ना दूत खटाएका छन्।
देउवाले पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको घरमा गृहमन्त्री बालकृष्ण खाँणलाई बुधबार विहान खटाएका हुन्। एमसीसीमा सहयोग गरी पारित गराउने वातावरण बनाउनका लागि खाँण देउवाको सन्देश लिएर बालकोट र खुमलटार पुगेका थिए।
मंगलबार साँझ मात्र ओली बालुवाटार पुगेका थिए। सो बेला पनि एमसीसीका विषयमा नै कुराकानी भएको र एमालेले कारबाही गरेका १४ जनालाई नहटाएसम्म सदनको अवरोध कायम रहने एमालेले जनाएको छ।