बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

रहेनन् कलाकार जयनन्द लामा

बुधबार, फाल्गुन ११ २०७८

काठमाडौँ l लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ। लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो।

सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन्। उनले गाएका र संगीत भरेका थुप्रै गीतहरु नेपाली संगीतबजारमा चर्चित छन्।

उनका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीतहरु चर्चित छन्।