बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एप्स प्रयोग गरी ऋण दिने र रकम उठाउने एक चिनियाँसहित ३७ जना प्रहरी नियन्त्रणमा

मंगलबार, फाल्गुन १० २०७८

काठमाडौं। भारतीय नागरिकलाई एप्स मार्फत ऋण दिने र रकम उठाउने एउटा कम्पनीका एक चिनियाँ नागरिसहित ३७ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ।

कल सेन्टरको आवरणमा विभिन्न चिनियाँ एप्स प्रयोग गरी भारतीयलाई लोन दिने र पैसा उठाउने समूहलाई प्रहरी वृत्त वानेश्वरले पक्राउ गरेको हो। उक्त कम्पनीको नाम लेवन ग्रुप अफ कम्पनी हो।

नियन्त्रणमा लिइएका मध्ये १३ जना युवती पनि छन्। उक्त कम्पनीमा काम गर्ने नेपाली कर्मचारीलाई मासिक १५–१८ हजारसम्म तलब दिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।