बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

कमल थापाले गाईमा राजनीति गर्ने

सोमबार, फाल्गुन ९ २०७८

काठमाडौँ l कमल थापा नेतृत्वको राप्रपा नेपालले पार्टीको चुनाव चिन्ह गाई राख्ने भएको छ ।

आइतबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले निर्वाचन आयोगलाई गाई चुनाव चिन्ह दिन आग्रह गर्ने निर्णय गरेको हो।

राप्रपा नेपालको सुरुमा गाई चुनाव चिन्ह थियो । तर, सो पार्टी राप्रपासँग एकता भएपछि लाक्पा तामाङले दर्ता गर्दा साढे चुनाव चिन्ह रहेको थियो ।

लाक्पाले थापालाई पार्टी बुझाएपछि फेरि गाई चिन्ह राख्न लागिएको हो।