काठमाडौँ l पहाडी क्षेत्रको मौसम आंशिक बदली भई अरु क्षेत्रमा सामान्यतया सफा रहने नुजल तथा मौसम पूर्वामान हाशामखाले जनाएको छ।
पश्चिम न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
बिहीबार दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को पहाडी क्षेत्रका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
यस्तै राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।