शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

गठबन्धनको निर्णायक बैठकपछि एमसीसी सदनमा, बुधबार टेबुल नहुने

बुधबार, फाल्गुन ४ २०७८

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई सत्ता गठबन्धनको निर्णायक बैठक गरी एमसीसी अघि बढाउन अनुरोध गरेका छन्।

प्रचण्डको आग्रहका आधारमा देउवाले एमसीसीबारे निर्णायक बैठकका लागि सत्ता गठबन्धनका नेतालाई बोलाएका छन्। बुधबार कार्यव्यवस्था समितिको बैठकमा एमसीसी पेस गर्नेबारे छलफल हुँदै थियो तर देउवाले त्यसलाई घर्काएका छन्।

गठबन्धनमा सहमति जुटे पनि नजुटे पनि एमसीसी सदनमा लैजाने विषयमा देउवा दृढ छन्। तर अन्तिम पटक सहमतिका लागि प्रयत्न गर्न लागिएको हो।

एमसीसीविरूद्ध माओवादी र एकीकृत समाजवादीका जनसंगठन सडकमा उत्रिसकेका छन्। एमसीसी टेबुल गराए सरकार छाड्ने माओवादी तयारी छ। गठबन्धनको बैठकमा सहमति नभएको खण्डमा सरकारबाट माओवादी र नेकपा एकीकृत समाजवादी बाहिरिनेछन्।