बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आज संसदमा पेश होला एमसिसी?

बुधबार, फाल्गुन ४ २०७८

काठमाडौँ । सरकारले आज बस्ने प्रतिनिधिसभा बैठकमा अमेरिकी सरकारको सहयोग परियाेजना (एमसिसी) टेबल गर्ने तयारी गरेकाे छ । बैठक दिउँसाे १ बजे बस्दैछ ।

संघीय संसद सचिवालयले मंगलबार सार्वजनिक गरेकाे सम्भावित कार्यसूचीमा एमसिसी प्रस्तावलाई समावेश नगरिएकाे भएतापनि काङ्ग्रेसले थप गर्ने जनाइसकेको छ।

कांग्रेसकाे मंगलबार सम्पन्न केन्द्रीय कार्यसम्पादन बैठकले एमसिसीलाई संसदमा टेबल गर्नुपर्ने निस्कर्ष निकालेकाे थियाे ।

सभामुख अग्निप्रसाद सापकोटाले त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठक बिहान साढे ११ बजे बस्दैछ ।